20.8 C
Kirtipur
Tuesday, September 16, 2025

बर्षौं वर्षपछि स्वतन्त्र संसार फेरि अभिनय संसारमा शोभाको साथ ‘नजाऊ टाढा’ भन्दै

Must read


ललेन्द्र शाक्य
ऐतिहासिक नगरी ललितपुरको खोकना निवासी स्वतन्त्र संसार महर्जन, नेपालभाषा चलचित्र एवं संगीत क्षेत्रमा पृथक पहिचान कायम गरेका एक होनहार सक्रिय कलाकर्मी हुन् । आफ्नो खराब स्वास्थ्यको कारण अभिनय क्षेत्रबाट टाढा रहँदै आउनु भएका स्वतन्त्र संसार महर्जन फेरि बर्षौं वर्षपछि अहिले पुनः अभिनय क्षेत्रमा कमब्याक हुनु भएको छ ।
संसार्स अनलाइन टेलिभिजनका निमित्त संसार क्रियशन्स नेपालद्वारा निर्माण गरिएको ‘नजाउ टाढा क्षितिजमा’ बोलको नेपाली म्युजिक भिडियोमा प्रमूख पात्रका रुपमा देखिनु भएका स्वतन्त्रसंसार अभिनित उक्त भिडियो विहिबार किर्तिपुर सिनेप्लेक्समा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । मलेशिया रहँदै आउनु भएका दिपक बिबश आँसु रचित यो गीतमा कल्पना श्रेष्ठले स्वर प्रदान गर्नु भएको छ ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम संसार्स क्रियशनका प्रमूख स्वतन्त्र संसार महर्जनको सभापतित्वमा भएको हो ।
आयोजक संस्थाका संस्थापक एवं स्वतन्त्र संसार महर्जनकी धर्मपत्नी प्रेमहा महर्जनले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा गीतकार दिपक विवश आँसुले उक्त गीतका विविध पक्षमाथि प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा सिलु चलचित्रका ऐतिहासिक महानायक जय श्रेष्ठ, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेवाः एचडी टिभिका प्रमुख नविन जोशी , चलचित्र संघका महासचिव एवं किर्तिपुर सिनेप्लेक्सका प्रमुख नरेन्द्र महर्जन, नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशक विजयरत्न असंबरे एवं अग्रज कलाकर्मी पवन जोशी लगायतको विशेष उपस्थिति रहेको थियो ।

यसै कार्यक्रममा संसार्स अनलाइन टेलिभिजनका लागि संसार क्रियशन्स नेपालले निर्माण गरेको वेब सिरिज ‘सौभाग्य’को प्रोमो पनि सार्वजनिक गरिएको थियो । श्रावण ६ गतेबाट प्रसारण शुरु हुने यो सिरिजको प्रत्येक अंश २०–२२ मिनेट रहने र हाललाई २५ भाग प्रसारण हुने कुरा निर्देशक प्रदिप सिंह थापाले बताउनु भयो ।

नजाउ टाढा क्षितिजमा म्युजिक भिडियोमा स्वतन्त्र महर्जन, शोभा महर्जनका साथमा संम्बत संसार महर्जन (स्वतन्त्र संसारका छोरा)ले पनि बाल कलाकारको रुपमा अभिनय गर्नु भएको छ । संम्बत संसार महर्जन सकृय सन्चारकर्मि एवं कलाकार दम्पती स्वतन्त्रसंसार र प्रेमाहा महर्जनया छोरा हुनुहुन्छ ।

म्युजिक भिडियो जगतमा ख्याति कमाएका छायाँकार एवं सम्पादक सोहन मानन्धरले छायाँकन र सम्पादन गर्नुभएको यो म्युजिक भिडियोको लागि स्टिल फोटोग्राफी बिक्रम खड्गी, मेकअप जीवन पासा, हेयर ड्रेसर रबिन्द्र ठाकुर (छोटु) रहनु भएको छ ।

बर्षौं वर्षपछि स्वतन्त्र संसार फेरि अभिनय संसारमा शोभाको साथ ‘नजाऊ टाढा’ भन्दै ललेन्द्र शाक्य ऐतिहासिक नगरी ललितपुरको खोकना निवासी स्वतन्त्र संसार महर्जन, नेपालभाषा चलचित्र एवं संगीत क्षेत्रमा पृथक पहिचान कायम गरेका एक होनहार सक्रिय कलाकर्मी हुन् । आफ्नो खराब स्वास्थ्यको कारण अभिनय क्षेत्रबाट टाढा रहँदै आउनु भएका स्वतन्त्र संसार महर्जन फेरि बर्षौं वर्षपछि अहिले पुनः अभिनय क्षेत्रमा कमब्याक हुनु भएको छ । संसार्स अनलाइन टेलिभिजनका निमित्त संसार क्रियशन्स नेपालद्वारा निर्माण गरिएको ‘नजाउ टाढा क्षितिजमा’ बोलको नेपाली म्युजिक भिडियोमा प्रमूख पात्रका रुपमा देखिनु भएका स्वतन्त्रसंसार अभिनित उक्त भिडियो विहिबार किर्तिपुर सिनेप्लेक्समा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । मलेशिया रहँदै आउनु भएका दिपक बिबश आँसु रचित यो गीतमा कल्पना श्रेष्ठले स्वर प्रदान गर्नु भएको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम संसार्स क्रियशनका प्रमूख स्वतन्त्र संसार महर्जनको सभापतित्वमा भएको हो । आयोजक संस्थाका संस्थापक एवं स्वतन्त्र संसार महर्जनकी धर्मपत्नी प्रेमहा महर्जनले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा गीतकार दिपक विवश आँसुले उक्त गीतका विविध पक्षमाथि प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा सिलु चलचित्रका ऐतिहासिक महानायक जय श्रेष्ठ, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेवाः एचडी टिभिका प्रमुख नविन जोशी , चलचित्र संघका महासचिव एवं किर्तिपुर सिनेप्लेक्सका प्रमुख नरेन्द्र महर्जन, नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशक विजयरत्न असंबरे एवं अग्रज कलाकर्मी पवन जोशी लगायतको विशेष उपस्थिति रहेको थियो । यसै कार्यक्रममा संसार्स अनलाइन टेलिभिजनका लागि संसार क्रियशन्स नेपालले निर्माण गरेको वेब सिरिज ‘सौभाग्य’को प्रोमो पनि सार्वजनिक गरिएको थियो । श्रावण ६ गतेबाट प्रसारण शुरु हुने यो सिरिजको प्रत्येक अंश २०–२२ मिनेट रहने र हाललाई २५ भाग प्रसारण हुने कुरा निर्देशक प्रदिप सिंह थापाले बताउनु भयो । नजाउ टाढा क्षितिजमा म्युजिक भिडियोमा स्वतन्त्र महर्जन, शोभा महर्जनका साथमा संम्बत संसार महर्जन (स्वतन्त्र संसारका छोरा)ले पनि बाल कलाकारको रुपमा अभिनय गर्नु भएको छ । संम्बत संसार महर्जन सकृय सन्चारकर्मि एवं कलाकार दम्पती स्वतन्त्रसंसार र प्रेमाहा महर्जनया छोरा हुनुहुन्छ । म्युजिक भिडियो जगतमा ख्याति कमाएका छायाँकार एवं सम्पादक सोहन मानन्धरले छायाँकन र सम्पादन गर्नुभएको यो म्युजिक भिडियोको लागि स्टिल फोटोग्राफी बिक्रम खड्गी, मेकअप जीवन पासा, हेयर ड्रेसर रबिन्द्र ठाकुर (छोटु) रहनु भएको छ । यो गीतको संगीतकार मन्जु नकर्मी (चर्चित संगीतकार मनराजा नकर्मीकी बहिनी ) हुनुहुन्छ भने संगीत संयोजन बुद्ध सायमिले गर्नुभएको छ । रेकर्डिङ स्टुडियो अडियो नेपालमा रेकर्ड गरिएको यस गीतको म्युजिक भिडयोको पोष्टर डिजाईन एस.एस. प्रीन्टिङ सर्भिसेस, ड्रेस डिजाइन गिफ्ट नेपाल, प्रोडक्सन कन्ट्रोलर उजय शाही, प्रोडक्सन म्यानेजर विष्णुभक्त डंगोल र सहायक निर्देशन प्रेमाहा संसार महर्जनले गर्नुभएको छ । यो म्युजिक भिडियोका निर्माताहरु प्रेमाहा संसार महर्जन, संगीता गुरुङ र वीरबल रोका क्षेत्री रहनु भएको छ भने परिकल्पना र निर्देशन स्वतन्त्र संसार महर्जन स्वयंले गर्नु भएको छ । यो म्युुजिक भिडियो बिहिबार दिउँसो ५ः१५ बजे युट्युबमा अपलोड भएको हो।

फोटो : सुरेश ख्वाख श्रेष्ठ

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article