20.8 C
Kirtipur
Tuesday, September 16, 2025

विमानस्थलबाट साढे १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

Must read

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ५० वर्षीय मोहद् तसलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बुद्ध एयरको उडानद्वारा काठमाडौँबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स(रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्‌घोष नगरेको नेपाली रुपैयाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article