22.2 C
Kirtipur
Tuesday, September 16, 2025

ज्वरो नघटेपछि राष्ट्रपति विद्यादेवी त्रिवि शिक्षण अस्पत्तालमै उपचारत

Must read

काठमाडौं । ज्वरो तथा रुघाखोकी कम नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार पनि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बिताउने भएकी छिन् ।

उपचारमा सम्लग्न फिजिसियन डा. निरज बमका अनुसार भण्डारीको आज एक्सरे लगायतको परीक्षण गरिएको छ । परीक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन ।

‘हिजो रातिदेखि ज्वरो, खोकी तथा शरीर दुखाइ बढेको छ । पुन: २४ घण्टाको निगरानीमा राखेपछि मात्रै डिस्चार्ज गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्न सकिन्छ,’ बमले अनलाइनखबरसँग भने ।

चार दिनदेखि ज्वरो तथा रुघाखोकीले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन् ।

१०३ डिग्री ज्वरो आएकाले चिकित्सकहरुले डेंगु संक्रमणको अनुमान गरेका थिए । तर, नमुना परिक्षणमा डेंगु नेगेटिभ आएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article