काठमाडौं ।
सिंहदरबार घेरेर मात्र देश विकास नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कार्यशैली सुधार्न युवाहरूलाई आग्रह गरेका छन् ।
मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्– ’अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको ? अहिलेको युवा पुस्तासहित भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो ।’
बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएकोले देशको संयन्त्रहरू बरबाद गरिरहेको पनि मन्त्री महावीर पुनले उल्लेख गरेका छन् ।





