18 C
Kirtipur
Thursday, October 16, 2025

सर्वोच्चमा धमाधम रिट : प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध

Must read


काठमाडौं ।

सर्वोच्च अदालतमा अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध धमाधम रिट निवेदनहरु पेश हुने क्रम बढेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरु निवेदनहरु पनि पेश हुने क्रममा छन् ।

प्रवक्ता कोइरालाले भनेका छन्, ‘तीमध्ये केही रिट निवेदनमा सरकार गठनको प्रक्रियामा प्रश्न उठाएको देखिन्छ, केहीमा प्रतिनिधिसभा विघटनमाथि प्रश्न उठेका छन् । एकपछि अर्को रिट निवेदनहरु पेश भइरहेकाले कुनमा कस्तोमा माग छ भनेर यकिन गरिसकेका छैनौं, त्यसमाथि अरु निवेदन पनि आइरहेका छन् ।’

गत भदौको जेन–जी प्रदर्शनका कारण आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको थियो । गत आइतबारको पूर्ण बैठकले रिट निवेदनहरु दर्ता खुला गर्ने निर्णय गरेपछि रिट दर्ता हुने क्रम जारी छ ।

गत भदौ २३ र २४ गते जेनजी युवा प्रदर्शनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संसद विघटन भएको थियो । त्यसपछि जेनजी युवा प्रतिनिधिको सिफारिस समेतको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की असोज २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले २१ फागुनमा आम निर्वाचन गराउने म्यान्डेड पाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article