काठमाडौं । अन्तरिम सरकार चुनावको लागि आएको भन्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै दल होमिनु पर्ने मत नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले राखेका छन् । नेता डा. कोइरालाले आफू संसद् पुनःस्थापनाको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
कांग्रेस नेता डा. शेखर कोइरालाले यसपटकको केन्द्रीय कार्यसमितिको बैठकबाट १५औं महाधिवेशनको मिति तय गरिने बताएका छन् । केन्द्रीय समितिको बैठक सुरु हुनुअघि आफूनिकट नेताहरुसँगको आन्तरिक छलफलमा जुटेका शेखरले यसपटकको बैठकले महाधिवेशनको मिति नै तय गर्ने विश्वास व्यक्त गरेका छन् ।
कोइरालाले महाधिवेशनको मिति तय नभएसम्म केन्द्रीय समितिको बैठकको हलबाट आफू नबाहिरिने पनि घोषणा गरेका छन् । उनले आफू नियमित महाधिवेशनको पक्षमा रहेको खुलाए । सभापति शेरबहादुर देउवाले मंगलबारको केन्द्रीय समितिको बेठकमा महाधिवेशनको रोडम्याप ल्याउने पनि विश्वास दिलाए ।
बरु, पार्टीको कार्यवाहक उपसाभापति पूर्णबहादुर खड्कालाई दिँदा पनि हुने र त्यसमा आफ्नो आपत्ति नहुने कोइरालाको भनाई छ ।
डा. शेखर कोइरालाले पार्टीको आसन्न महाधिवशेनमा आफ्नो दाबी सभापतिमा रहने र त्यसको तयारी गरिरहेको खुलाए । यस्तै, गगन थापासँग मिलेर जाने विषयमा छलफल भैरहेको पनि डा. शेखर कोइरालाको प्रतिक्रिया रहेको छ ।