काठमाडौं । नेपाली कांग्रेसका उपभापति नेता पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसकेलगत्तै आज मंगलबारको बैठक स्थगित गरिएको छ । पर्सि बिहिबार फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता पूर्णबहादुर खड्काले नै गर्ने कांग्रेस महामन्त्री शर्माले जानकारी दिएका छन् ।
गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका हुन् । पूर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर देउवा उपचारका लागि विदेश जाने तयारीमा छन् ।