20 C
Kirtipur
Wednesday, December 3, 2025

जेन–जी आन्दोलन हाइज्याक भएको दाबी गर्दै प्रधानमन्त्री कार्कीले बेइमानी गरेको डा. दीक्षितको आरोप

Must read

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्न नसक्ने नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले बताएका छन् । वर्तमान सरकारले सनातिना माछामात्रै समात्ने र ठूला माछा समात्ने कुनै चान्स नरहेको दीक्षितले बताएका छन् । डा. दीक्षितले निर्वाचन घोषणा भइसकेको अवस्थामा उही संविधान, उही संसदीय व्यवस्था, उही नेता र उही पार्टीहरुबाट कुनै निकास ननिस्किने बताएका छन् भने निर्वाचनमा गुण्डागर्दी हुने, प्रशासन नेताहरुले आफ्नो हातमा लिएको र उनीहरुले नै चुनाव जित्ने डा.दीक्षितले बताएका छन् । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित भन्छन्, ‘कसको हिम्मत होला यो ठूला टाउकेहरुलाई समात्ने ? फर्केर यिनीहरु त आउने हुन् नि ।’ डा. दीक्षितले जेन–जी आन्दोलनको मर्मविपरीत अहिलेको सरकार बनेको दाबी गरेका छन् । उही राष्ट्रपति र पुरानै संविधानमा टेकेर नै अहिलेको सरकार बनेको डा. दीक्षितले बताएका छन् । जेन–जीले प्रधानमन्त्री बनाएपछि जेन–जीको मुद्दामा सुशीला कार्की गम्भीर हुनुपर्नेमा त्यसो नभएको दीक्षितले बताएका छन् । ‘जेन–जीको मुद्दामा निर्वाचन शब्द कही पनि छैन । तर, उनले मेरो प्राथमिकता चुनावी सरकार भनिन् । जेन–जीले कार्यकारीका लागि चुनावमा जाने, प्रदेश नराख्ने लगायतको एजेण्डाहरु लिएको भए पनि त्यो ओझेलमा परेको दीक्षितले बताएका छन् भने जेन–जी आन्दोलन हाइज्याक भएको डा. दीक्षितको निष्कर्ष रहेको छ । प्रश्न गर्दै डा. दीक्षितले भनेका छन्, ‘जेन–जीको डिमाण्ड सुनेपछि मात्रै उनी प्रधानमन्त्री भएकी हुन् । उनले भन्न सक्नुपथ्र्यो– तपाईँहरुको मुद्दा केही पनि सम्बोधन गर्न सक्दिनँ । म निर्वाचनमा चाहिँ जान सक्छु । त्यो पनि तपाईँहरुको मुद्दामा छैन । मैले यो प्रधानमन्त्री लिन मिल्दैन । तर, आखिर लोभ सबैलाई हुँदो रहेछ । न्यायको मुर्ति भएर बसेको ब्यक्तिले भन्न सक्नु पर्दैन ? पुरानै संविधानमा टेकेर मैले मैले यो गर्न सक्दिनँ । म प्रधानमन्त्री हुन्नँ । अन्तरिम संविधान बनाएर मात्रै म जान सक्छु, नत्र म बस्दिनँ, त्यो किन नभनेको ? बेइमानी होइन यो, जेन–जीको आन्दोलनमाथि टोटल बेइमानी हो त्यो । अहिले आएर गर्न सक्दिनँ, नसक्ने भए के खान प्रधानमन्त्री भएको त ?’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article