20 C
Kirtipur
Wednesday, December 3, 2025

नगर प्रमुख प्रजापतिद्वारा विश्व पर्यटन दिवसमा भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

Must read


२०८२ असोज ११
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई विश्व पर्यटन दिवसको अवसर पारी आज भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गर्नुभयो ।
शनिबार बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ पर्यटकहरुलाई स्वागत गरिएको हो ।
भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर प्रवेश गरेका भारत ६, अस्ट्रिया १ र अमेरिकाका २ गरी ९ जना पर्यटकहरूलाई भक्तपुर नगरमा स्वागत गरिएको हो ।
पर्यटकहरूलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले सम्पूर्ण पर्यटकहरूलाई भक्तपुरमा स्वागत गर्दै भक्तपुर जीवित सङ्ग्रहालयको रूपमा परिचित नगर भएको बताउनुभयो।
नगरभित्रका सांस्कृतिक सम्पदाहरूको संरक्षणका निम्ति भक्तपुर नगरपालिकाले जनताको साथ र सहयोग लाई विशेष प्राथमिकता दिएको बताउनुभयो।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त धेरै सम्पदाहरूको पुनर्निर्माण भक्तपुर नगरपालिकाले सम्पन्न गरिसकेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै आएको बताउनुभयो।
भक्तपुर पर्यटकहरूको उत्कृष्ट गन्तव्य स्थलको रुपमा विकास भइरहेको बताउँदै उहाँले विदेशी पर्यटक सँगसँगै आन्तरिक पर्यटक प्रवर्धनको लागि पनि भक्तपुर नगरपालिकाले विशेष योजनाहरू अगाडि बढाउँदै आएको बताउनुभयो।
सोही क्रममा अमेरिकाका पर्यटक तानिया कोस्टाले विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिनुभयो।
नगर प्रमुख प्रजापतिले पर्यटकहरूलाई नगरपालिकाका प्रकाशनहरू र मयुरको झ्याल उपहारको रुपमा प्रदान गर्नुभएको थियो।

स्रोत : भक्तपुर नगरपालिका

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article