20 C
Kirtipur
Wednesday, December 3, 2025

नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रमा कार्यबाहक अध्यक्ष मागे

Must read

काठमाडौं – पार्टीमा आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माग गरेका छन् । उपमहासचिव जनार्दन शर्माले बताए अनुसार, पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका हुन् ।

गत आइतबार माओवादीको पदाधिकारी बैठक बसेको थियो । जहाँ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेको उपमहासचिव शर्माले जानकारी दिएका हुन् ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पदाधिकारी बैठकमा भएको छलफल सुनाउँदै भन्छन्, ‘मंसिरमा महाधिवेशन नै गर्ने हो भने करिब दुई महिना हुन्छ । दुई महिनालाई वरिष्ठ नेता नारायणकाजीले पनि मलाई कार्यबाहक दिनुप¥यो भनेर माग गर्नुभएको थियो आइतबार मिटिङमा । माग गरेपछि मैले भनेँ दिइदिनुस् न त उहाँलाई कार्यबाहक, दुई महिना त हो, दुई महिना कार्यवाहक दिएर केही बिग्रँदैन, दिनुहोस् ।’ यस्तो आग्रह शर्माले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गरेका हुन् ।

महाधिवेशनसम्म कार्यबाहकको रुपमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेतृत्व गर्ने र त्यसपछि प्रचण्डसहितका सबै पदाधिकारी नेतृत्वमा नआउने उनको प्रस्ताव छ । हाल रहेका पार्टीका सबै पदाधिकारी निर्देशक समितिमा बदलिनु पर्ने उनको आग्रह छ । मंसिरमा हुने महाधिवेशनबाट पुरै नयाँ नेतृत्व ल्याउने उनको प्रस्ताव छ । यसो गर्दा पार्टीको साख थप बढ्ने उनको विश्वास छ ।

पार्टीले केवल महाधिवेशन तोकेर मात्रै नहुने, महाधिवेशनमा कार्यकर्तालाई स्वतन्त्र ढंगले आफ्नो नेता छान्ने र नयाँ–नयाँ बिचार आउने वातावरण बनाउन दिन सक्नुपर्ने माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको आग्रह रहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article