20 C
Kirtipur
Wednesday, December 3, 2025

“अब मन्त्रालयमै ओछ्यान लगाई सुत्ने र त्यहीँ पकाएर खाने हो” – शिक्षामन्त्री डा. महावीर पुन

Must read


काठमाडौं – आफू मन्त्रालयमा नै सुत्ने र त्यहीँ पकाएर खाने नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले बताएका छन् । मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथग्रहण लिएपछि संचारकर्मीहरुलाई मन्त्री पुनले यस्तो बताएका हुन् ।

मन्त्री पुनले आफू किताब बेच्दै गर्दा मन्त्री बनाईएको भन्दै अहिले नै के के योजना छन् भनेर नसोध्न पनि पत्रकारहरुलाई सम्झाए । तर, आफू विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेकोले यसमा नयाँ नयाँ आविष्कार गर्ने र शिक्षालाई पनि सुधार गर्ने पुनको प्रतिबद्धता छ ।

मन्त्री पुनले अहिले पनि आफूले युवाहरुलाई सन्देश दिँदा कसैको पुच्छर भएर वा कसैलाई सोधेर भन्दा पनि आफ्नो विवेक लगाएर काम गर्न सुझाव दिएको बताए । तर, आफूले युवाहरुलाई जेसुकै गर वा सुतेर बस नभनेको मन्त्री पुनको स्पष्टोक्ति थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article