20 C
Kirtipur
Wednesday, December 3, 2025

शिक्षामन्त्री पुनको निर्देशन : सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गरौं

Must read


काठमाडौं – मुलुकभरका सामुदायिक विद्यालयमा एकजना कम्प्युटर शिक्षकको अनिवार्य दरबन्दी थप्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले निर्देशन दिएका छन् ।

मंगलबार मन्त्री पुनले तुरुन्त अगाडि बढाउने कामहरू भन्दै तीनवटा निर्देशन दिएका छन् । त्यसमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्ने प्रमुख निर्णय हो । विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले यो व्यवस्था गर्न लागिएको मन्त्री पुनले उल्लेख गरेका छन् ।

मन्त्री पुनले केहि विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा विद्यार्थीहरुको लागि त्यो अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन् । त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न मन्त्री पुनले निर्देशन दिएका छन् । समयमा मै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गर्ने मन्त्री पुनले निर्देशन दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्न सकेको अवस्थामा विश्वविद्यालयहरुले किन नसक्ने भन्ने मन्त्री पुनको प्रश्न रहेको छ ।

त्यस्तै मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्रका रुख नकाटी झाडी फाँडेर सुन्दर बगैंचासहितको आकर्षक फुटपाथ बनाउन पनि निर्देशन दिएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article