19.3 C
Kirtipur
Tuesday, September 16, 2025

सांसद नेम्वाङले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग

Must read

काठमाडौं – सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले माग गरेका छन् । सांसद नेम्वाङले बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यो विषय जनतासँग प्रत्यक्ष जोडिएको गम्भीर विषय रहेको बताए । नेम्वाङले भनेका छन्, “सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन स्थगित गरी, आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाइयोस्।” नेम्वाङले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले जनतालाई थप सास्ती, हैरानी र झन्झट मात्र बढाएको बताए । सवारी प्रयोग गर्ने आम जनतामाथि पहिले नै धेरै भार भएको बताउँदै सांसद नेम्वाङले भने, “गाडी किन्न साथ उच्च कर, हरेक वर्ष अनिवार्य बीमा, सडक कर तिर्न लामो लाइन, र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा ।” यस्ता प्रश्नहरू जनताको तहबाट उठेको नेम्वाङले जानकारी गराए । सांसद नेम्वाङले भनेका छन्, “यहाँ जनताको तहबाट प्रश्नहरू उठेका छन्, इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो ? के हामी सँग पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति छन् ? जब हजारौँ नागरिकले वर्षौँ कुर्दा पनि लाइसेन्स पाएका छैनन्, कर तिर्न दिनभर लाइन बस्नुपरेको छ । यस्तो अवस्थामा एम्बोस्ड नम्बर प्लेट किन अनिवार्य गरिँदैछ ?” जनताले भाषा र भावनासँग जोडेर पनि इम्बोस्ट नम्बर प्लेटमाथि प्रश्न उठाएको भन्दै त्यो गहिरो भावनालाई वेवास्ता गरिन नहुने सांसद नेम्वाङले बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article