21.6 C
Kirtipur
Tuesday, September 16, 2025

कीर्तिपुर अस्पतालबाट रुबी साह हत्या आरोपी लक्ष्मणको शव उठेन

Must read

कीर्तिपुर – कीर्तिपुर बर्न अस्पतालबाट रौतहटकी रुबी साहका हत्या आरोपी लक्ष्मण पासवानको शव घर ल्याउन समस्या परेको छ । आर्थिक अभावका कारण शव उठाउन नसकिएको लक्ष्मणका बुवा जयनाथ पासवानले बताएका छन् । आफ्नै शरीरमा आगो लगाएर रौतहट माधवनारायण नगरपालिका–६ माधोपुरका लक्ष्मण पासवानले आत्मदाह गरेका थिए भने उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा उनको ज्यान गएको थियो । बुबा जयनाथ पासवानले पैसा नभएका कारण मृत्यु भएको दुई दिन बितिसक्दा पनि छोराको शव ल्याउन नसिकएको भन्दै जनप्रतिनिधिहरूसँग आर्थिक सहयोग मागेका छन् । जयनाथले काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालबाट छोराको शव घरसम्म ल्याउने खर्च जुटाउन नसक्दा पीडा भएको बताएका छन् । जयनाथ पासवान भन्छन्, “छोरालाई उपचारका लागि काठमाडौं लगिएको थियो । त्यहीँ मृत्यु भयो । अब शव ल्याउन हामीसँग पैसा छैन । छोराको शव ल्याउन मेयर साहेबसँग आर्थिक सहयोग मागेको छु ।” यही क्रममा माधवनारायण नगरपालिकाका मेयर बैजनाथ यादवले लक्ष्मणको शव ल्याउन आफूले सहयोग गर्ने बताए । मेयर यादव भन्छन्, “निकै दुःखद घटना भएको छ । लक्ष्मणको शव परिवारजनसम्म पु¥याउन सक्दो सहयोग गर्छु भनेको छु। उनको परिवारको अवस्था निकै नाजुक छ ।” गत शनिबार राति गौर–९ मा मुडवलवा गेट अगाडि सुटकेसमा रुबी साहको शव फेला परेको थियो । त्यसपछि रुबी हत्याका आरोपी लक्ष्मण पासवानले आफ्नै शरीरमा आगो लगाएका थिए । शरीरमा आगो लागेर गम्भीर घाइते भएका लक्ष्मणलाई प्रहरीले उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पठाए पनि उपचारकै क्रममा ज्यान गएको थियो । लक्ष्मणले आफूलाई आगो लगाउनुभन्दा पहिले ९ मिनेटको भिडियो सार्वजनिक गर्दै आफूले रुबीको हत्या गरेको स्वीकार गरेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article