काठमाडौं – निजी विद्यालयका छाता संगठनहरु प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले भाद्र१८ गतेबाट विद्यालय बन्द गर्ने घोषणा गर्दै चेतावनी दिएका छन् ।
निजी विद्यालय सञ्चालकहरू विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निरन्तर आन्दोलनरत छन् । आन्दोलनको कार्यक्रम अन्तर्गतको पहिलो चरण आज बिहिबारबाट सकिएको छ ।
निजी विद्यालयले क्रमशः गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनु पर्ने माग राखेका छन् ।
दोस्रो चरणका आन्दोलन ः
१) २०८२ भाद्र १२ गते विहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई जुलुस हुँदै कोण सभामा परिणत हुने ।
(२) २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने ।
(३) २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डा÷व्यानर सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने। काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य जुलुस गर्ने। उक्त जुलुसमा सबै संगठनका केन्द्रीय÷प्रदेश÷जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनु पर्नेछ ।
(४) २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि बा–आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समिक्षा बैठक गर्ने ।
(५) २०८२ भाद्र१८ गते विहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बहुत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई जुलुस हुदै कोण सभामा परिणत हुने ।
(६) २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।