21.6 C
Kirtipur
Tuesday, September 16, 2025

थापागाउँमा विद्या भण्डारी पक्षधरले सम्पर्क कार्यालय खोल्ने तयारी

Must read

काठमाडौं – मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेको उक्त समितिले सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरेका हुन् । विद्या भण्डारी पक्षधरका एक नेताले थापागाउँमा एउटा घर भाडामा लिएर कार्यालय सञ्चालनको तयारी भइरहेको बताएका छन् । मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको छ । समितिले जनताको बहुदलीय जनवाद (जबज) र मदन भण्डारीका बारेमा वर्षभर विमर्शका कार्यक्रमहरू राख्ने बताइएको थियो । तर, पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने र उनको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले निर्णयपछि परिस्थिति फेरिएको छ । यो बदलिएको परिस्थितिमा पूर्वराष्ट्रपति भण्डारी पक्षधरले मदन भण्डारी हिरक जयन्तीका निम्ति बनेको समितिमार्फत गतिविधि गर्ने योजना बनाएको छ । अर्थात् थापागाउँमा लिइएको यो भोडाको घरमार्फत एमालेभित्र अन्तरसंघर्षकै गतिविधि हुने देखिन्छ । नेताहरूका अनुसार भाडामा अहिले लिइएको घरबाटै मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएका थिए । मदन भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाइन् । अहिले त्यही घरलाई भाडामा लिएर एमालेको अन्तरसंघर्षका गतिविधि गर्ने तयारी भइरहेको नेताहरू बताउँछन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article