24.5 C
Kirtipur
Tuesday, September 16, 2025

गुरु गोबिन्द बा समर्पित म्यूजिक भिडियो गुरुपूर्णिमाका दिन रिलिज हुने

Must read

–ललेन्द्र शाक्य

कीर्तिपुर÷दक्षिण–पश्चिम भेगका चर्चित गुरु गोबिन्द महर्जन “गोविन्द बा” समर्पित नेपालभाषाको म्यूजिक भिडियो गुरुपूर्णिमाका दिन असार २६ गते बिहिबार सार्वजनिक हुने भएको छ । मौलिक नेवाः बाजा गुरु स्वर्गीय गोबिन्द बाप्रति समर्पित म्यूजिक भिडियोअसार २६ गते बिहिबार गुरुपूर्णिमाका दिन कीर्तिपुर सिनेप्लेक्स हलमा दिउँसो १ बजे सार्वजनिक हुने कार्यक्रम रहेको छ । कीर्तिपुरको पांगास्थित श्री बालकुमारी दाफा खलःको प्रस्तुति तथा मगन इन्टरटेन्टमेन्टको निर्माणमा निर्मित उक्त म्यूजिक भिडियोको गीत लोककवि राजभाई जकःमिले रचना गर्नुभएको छ । उक्त गीतको संगीत मथुरा महर्जनको रहेको छ भने चर्चित गायक सतीश महर्जन, रत्नशोभा महर्जन, रिता महर्जन, दिपा महर्जन तथा स्वयं संगीतकार मथुरा महर्जनले स्वर दिनुभएको छ । उक्त गीतको संगीत संयोजन संगीतकर्मी सुन्दर कुमार महर्जनले गर्नुभएको छ । अति नै मार्मिक एवं माधुर्यता लयमा सिर्जित गोविन्द बाप्रति समर्पित गीतको म्यूजिक भिडियोका परिकल्पनाकार मगन इन्टरटेन्टमेन्टका निर्देशक रजिन महर्जनले म्यूजिक भिडियोमा गुरु गोविन्द बाको जीवनीलाई यथार्थपरक रुपमा न्याय दिन भिएफएस माध्यम प्रयोग गरि भिडियोलाई जीवन्तता दिने कोशिश गरेको विचार राख्नुभएको छ । गोविन्द बाप्रति समर्पित गीत संगीत र म्यूजिक भिडियोले दर्शकहरुको मन छुनेमा विश्वस्त भएको मगनका निर्देशक रजिन महर्जनले बताउनु भएको छ । कीर्तिपुर पांगाको दीख्यः निवासी गुरु गोबिन्द बा एक बामपन्थी विचारक व्यक्तित्व हुनुहुन्छ भने उहाँ एक कुशल चित्रकार पनि हुनुहुन्छ । नेपालमा भएको किसान आन्दोलनमा गोविन्द बाले पनि एक प्रमुख अभियन्ताको रुपमा भूमिका निभाउनु भएको थियो । यस्तै उक्त म्यूजिक भिडियोका प्रस्तुतकर्ता बालकुमारी दाफा खलःले असार २६ गते दिउँसो १ बजे पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा उपस्थितिका लागि सम्पूर्ण संगीतप्रेमीहरुमा आह्वान गरेको छ ।
- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article