श्रीकृष्ण महर्जन नेवाः
कीर्तिपुरका विभिन्न संस्कृतिहरु मध्ये एक जोगी चक्र पुजा पनि हो । यो पुजा प्रत्येक बर्ष तिथि अनुसार बछलाथ्व पारुको दिनमा कीर्तिपुरको दरवार क्षेत्र लायकू मण्डपमा गर्ने चलन छ । केहि बर्षदेखि विभिन्न कारणले उक्त संस्कृति रोकेको थियो । गुथि संस्थानले पुजाको व्यवस्था नगरेपछि पुजाका लागि आउने नाथ सम्प्रदायका योगीहरु त्यतिकै फर्केर गएका थिए । यसैवीच यो संस्कृतिको बारेमा ब्यापक छलफल नेवाः देय् दबू कीर्तिपुर नगर समिति भित्र भएको थियो । उक्त संस्कृतिको बारेमा अध्ययण गर्नेदेखि विभिन्न पक्षसंग कुराकानी गर्ने र जानकारी लिने काम समेत गरेको थियो ।
लायकू दरवार क्षेत्रको जीवन्त अमुर्त संस्कृतिको रुपमा रहेको जोगीचक्र पुजा विभिन्न कारणले स्थागित भइरहेको अवस्थामा सो पर्व पुनःसंचालनका लागि नेवाः देय् दबू कीर्तिपुर नगर वडा नं। १ समितिले कीर्तिपुर नगरपालिका वडा नं. १ कार्यालयमा गत बैशाख ५ गते पत्र दिएको छ । पत्रमा यस्तो कुरा उल्लेख गरिएको छ ‘लायकू दरवारको मण्डपमा कीर्तिपुर दरवारलाई लक्षित गरी प्रतिवर्ष बैशाखमा जोगीचक्र पुजा हुने गरेको कुरा वितितै छ । उक्त पुजा मल्लाकालीन परम्परा भएको र शदिीऔंदेखि चलीआएको तथ्य पनि यहाँलाई निवेदन गर्न चाहन्छौं । गुठी संस्थानको लगत नं। वटुक ३०९ अन्तर्गत यस पुजाका खातिर १३–१२–० क्षेत्रफलको जग्गा पनि व्यवस्था रहेको कुरा जानकारी गराउँदछु । केहि बर्षदेखि गुठी संस्थानले दीर्घकालीन आयको व्यवस्था रहेतापनि यो पुजाका खातिर आवश्यक सामग्री र खर्च छुट्याउन छाडी पुजा हुन गर्न बन्द गरेको छ । मल्लाकालीन संस्कृतिकोरक्षा गर्दै कीर्तिपुर दरवारको अमूर्त सम्पदाका रुपमा रहेको यस पुजालाई जीवन्त राख्न यहाँको वडाबाट गुठी संस्थामा आवश्यक पहल गरी आगामी बैशाख १५ गते हुनुपर्ने यस पुजा संभव तुल्याइदिन हुन अनुरोध छ ।’ उक्तमा कीर्तिपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष इच्छा कुमार महर्जनले आवश्यक कारवाहिका लागि सचिवकोमा पठाइसकेको थियो । बैशाख ८ गते वडा अध्यक्ष इच्छा कुमार महर्जनले गुथि संस्थानका लागि लेख्नु भएको पत्र नेवाः देय् दबू कीर्तिपुर नगर समिति व वडा १ समितिका पदाधिकरीहरुले गुथि संस्थानको कार्यालयमा पु¥याएको थियो । पत्रमा उक्त पुजाका लागि बजेट निकासा गरि दिनकालागि अनुरोध गरेको र बैशाख १५ गते सो पुजा यथावत राख्नका लागि अनुरोध गरेको कुरा उल्लेख छ ।
केहि बर्षदेखि रोकिएको कीर्तिपुरको उक्त पुजापर्व संचालका लागि गुथि संस्थानलाई दबाव दिन नाथ राष्ट्रिय परिषद्ले विज्ञप्ति समेत निकालेको थियो । उक्त विज्ञप्तिमा गुथि संस्थानले पुजा व्यवस्था नगरेका कारण आफूहरु पुजामा जान नसक्ने भन्ने कुरा उल्लेख गर्दै दवाव दिएको थियो ।
यसैवीच कीर्तिपुरको दरवार लायकू मण्डपमा हुने सो पुजाको सवालमा सरोकारवाला, स्थानीयवासीहरुवीच गत बैशाख १४ गते आइतवार छलफल कार्यक्रम सेमत राखेको थियो । छलफलको क्रममा उक्त पुजाको महत्वको बारेमा जानकारी दिने लिने काम समेत भएको थियो ।
कीर्तिपुरको दरवार लायकू मण्डपमा हुने जोगी चक्र पुजाको अघिल्लो दिन चौलागा औंशीका दिनमा ललितपुरको मच्छिन्द्रबहालमा अर्थात तःबहालमा जोगी चक्र पुजा गर्ने चलन छ । बछलाथ्व परेवाको दिनमा बुंगद्यः रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिन्छ । त्यसरी बुंगद्यः रथारोहण गर्नु अर्थात राख्नु अघि नै कीर्तिपुरको लायकू क्षेत्रमा सो पुजा सम्पन्न गर्नुपर्ने मान्यता छ । यस अर्थमा बुंगद्यः जात्रासंग पनि कीर्तिपुरको जोगी चक्र पुजा सम्वन्धित छ भन्न सकिने भयो । पाटनका मल्ल राजा सिद्धि नरसिंह मल्लले कीर्तिपुरमा बेग्लै राज्य बनाई दरवार समेत बनाएको कुरा इतिहासमा उल्लेख छ । ललितपुरको तःबहालमा श्रीनिवास मल्लको समयदेखि नै जोगी चक्र पुजा भएको कारणले त्यसको भोली पल्ट नै श्रीनिवास मल्लले नै कीर्तिपरमा पनि जोगी चक्र पुजा संचालन गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ । यस अर्थमा भन्ने हो भने जोगी चक्र पुजा कीर्तिपुरमा आज भन्दा करिव ३ सय ५० बर्ष अघिदेखि नै संचालनमा आएको अनुमान गर्न सकिन्छ । यो पुजाका लागि गुथि संस्थाको दरवन्दीमा हाँस चार वटा, भेडा २ वटा र रागो १ वटाको व्यवस्था गरेको छ । केहि बर्षदेखि रोकिएको कारणले गुथि संस्थानमा पनि ब्यापक छलफल पछि यस बर्ष बैशाख १५ गतेका लागि पुजा सामग्रीका साथै भेडा १ वटा मात्र पठाएको थियो । यो पुजा तान्त्रिक पुजा हो । नाथ सम्प्रदायका पुजारीहरुले बाघभैरवमा पुजा गरेपछि लायकू मण्डपमा पुजा गर्ने गरिन्छ । यो पुजा आठै वटा दिशावाट आउने नराम्रो पक्षलाई आउन नदिन अष्टभैरवको साधाना गरि कीर्तिपुर, कीर्तिपृुरवासीका लागि स्वस्ति शान्ती पुजा गर्ने हो । यो एक किसिमको पितृ उद्धार पुजा पनि हो । परम्परा अनुसार नै सोमवारको दिनमा लायकू मण्डपमा पुजा सम्पन्न गरेको छ । यो पुजाले कीर्तिपुरको दरवारको भौतिक संरचना नभएतापनि अहिले सांस्कृतिक रुपमा दरवार क्षेत्र हो भनी प्रत्याभूति गर्ने सवालमा कसैको पनि दुईमत हुदैन । यो पुजालाई आउने बर्षदेखि अझ भब्य रुपमा मनाउन साथै गुथि संस्थावाट जे जस्तो पुजा र अन्य सामग्री आउनु पर्ने हो त्यो राज्यवाट आउने भएका कारण सबै सामग्री लिनका लागि साथै यो पुजाको महत्व बुझाउनका लागि ब्यापक छलफल गर्नु जरुरी देखिन्छ ।
तस्बिर : सरल गोपाल महर्जन