19.3 C
Kirtipur
Tuesday, September 16, 2025

‘शिक्षा विधेयक सुझावका आधारमा पास हुन्छ’

Must read

काठमाडौँ, ३१ भदौ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल गरेर प्राप्त सुझाव आधारमा पारित गरिने बताउनुभएको छ । सो विधेयक यही भदौ २७ गते सङ्घीय संसद्मा दर्ता भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले संविधानको मर्म र जनताको चाहना विपरीत विधेयक पारित हुन नसक्ने भएकाल दफाबार छलफलका क्रममा पर्याप्त गृहकार्य हुने स्पष्ट गर्नुभयो । विधेयकप्रति नेपाल शिक्षक महासङ्घलगायत संस्थाले विरोधका कार्यक्रम घोषणा गरेका छन् । कार्यक्रममा शिक्षाविद् डा प्रमोद भट्टले सार्वजनिक शिक्षाको सवलीकरण र संविधानको ममअुसार विधेयक आउनुपर्नेमा कतिपय बुँदामा अस्पष्ट र निजीकरण गरिएको जनाउनुभयो । शिक्षाविद् विमल फुयाँलले विधेयक प्रगतिशील नभएकाले व्यापक परिमार्जन गर्न आवश्यक रहेको टिप्पणी गर्नुभयो । एनसिइ नेपाला अध्यक्ष राजेन्द्र पहाडीले आफूहरुले दिएको सुझाव र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७६ को भावनालाई सम्मान नगरी विधेयक आएको बताउनुभयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article