काठमाडौं । संसद् पुनस्र्थापनकाबारे विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलहरुसँग छलफल गरेका छन् । सभामुख घिमिरेले आज बुधबार विहान ९ बजेदेखि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई सभामुख घिमिरेले छलफलका लागि बोलाएका हुन् ।
बैठकमा प्रमुख दलका तत्कालीन प्रमुख सचेतकहरू एमालेबाट महेश बर्तौला, कांग्रेसबाट श्याम घिमिरे, राप्रपाबाट ज्ञानेन्द्र शाही, माओवादीबाट हितराज पाण्डेलगायत सहभागी रहेका छन् ।
आज बुधबार प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा सर्वोच्च अदालतमा १० वटा रिट परेको छ । संसद् पुनस्र्थापनाको पक्षमा रिट परेपछि सभामुख घिमिरेले थप सक्रियता बढाएका हुन् । बैठकमा सभामुख घिमिरेले संसद् पुनस्र्थापनाबारे दलहरुसँग राय माग्ने कार्ययोजना राखेको छ ।