16 C
Kirtipur
Saturday, October 25, 2025

मेलम्ची पानी : आज शुक्रवारदेखि बन्द

Must read


आज शुक्रवारदेखि मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम हुन सक्ने औंल्याएर खानेपानी आयोजना अन्तर्गत सुरुङमार्गको मूलद्वार बन्द गरिन लागेको छ ।

बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द हुने सम्भावना रहेको उक्त खानेपानी विकास समितिले जानकारी दिएको छ।

योसँगै उपत्यकाबासीले आज शुक्रबारदेखि मेलम्चीको खानेपानी प्रयोग गर्न नपाउने भएका छन् ।

मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्ने गरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताएका छन् । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने समितिका कार्यकारी निर्देशक लामिछानेको भनाइ रहेको छ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आएको छ। बढी वर्षा भएमा मेलम्ची नदी धमिलो हुँदा आयोजनामा लेदो पस्न सक्ने खतराबाट जोगाउन बन्द गर्नुपर्ने बाध्यता आएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेको भनाइ रहेको छ।
निर्देशक लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। सरकारले जेठ ३१ मा मेलम्ची आयोजना बन्द गर्ने निर्णय गरेको थियो।

दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब दुई अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
गत वर्षको साउन २८ र २९ को बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो। मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनःवितरण गरिने भनिएकामा गत माघ १ देखि मात्रै उपत्यकामा पानी पठाइएको थियो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article