24 C
Kirtipur
Friday, October 24, 2025

उपत्यकाका सबै नगरपालिकामा भाषा ऐन बनाउन आयोगको सिफारिस पत्र

Must read

भाषा आयोगको सिफारिस र नेपालको संविधान अनुसार बागमती प्रदेशले सरकारी कामकाजि भाषाको रुपमा लागू गर्न नेपाल भाषा र तामाङ भाषा कार्यान्वयन गर्नका लागि बागमती प्रदेश राष्ट्रभाषा ऐन कार्यान्वयन गरिरहेको समयमा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिले काठमाण्डौ उपत्यकका सबै नगरपालिकामा भाषा ऐन निर्माणका लागि अभियान संचालन गरेको छ । भाषा आयोगले बागमती प्रदेशमा भाषा ऐन बनाउनका लागी भाषा आयोगले गरेको सिफारिस पत्र सम्वन्धित मन्त्रालयमा पु¥याउने र प्रदेशमा समेत लाने काम गरेको नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिले भाषा आयोगले स्थानीय सरकारहरुलाई गरेको सिफारिस पत्र सम्वन्धित नगरपालिकामा पु¥याउने र भाषा ऐन निर्माणका लागि अभियान नै संचालन गरेको छ ।
काठमाण्डौ उपत्यका भित्रका दुई वटा महानगरपालिका सहित १८ वटा नै नगरपालिकामा नेपालभाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू गर्न ऐन निर्माण गर्न र आउदो आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा समेत समावेश गर्नका लागि ध्यानाकर्षण पत्र सहित माग पत्र पेश गर्ने काम गरेको छ । यसैवीच नेवाः देय् दबू कीर्तिपुर नगर समितिको पहलमा गत आइतवार कीर्तिपुर नगरपालिकाका उप मेयर शुभलक्ष्मी शाक्य सुनितलाई पनि ध्यानाकर्षण पत्रका साथै भाषा आयोगले गरेको सिफारिस पत्र दिने काम गरेको छ । ध्यानाकर्षण पत्र प्रयागमान प्रधानले हस्तान्तरण गर्नु भएको थियो भने भाषा आयोगको सिफारिस पत्र नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले हस्तान्तरण गर्नु भएको थियो । सो कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका सचिवालय सदस्य नरेश श्रेष्ठ, देय् दबू कीर्तिपुर नगर समितिका अध्यक्ष बुद्धिलाल ज्यापु, सचिव सरलगोपाल महर्जन, अर्जुन नेपाःमि विरबहादुर महर्जन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेत सहभागी भएका थिए ।
त्यसै गरि आइतवार नै नेवाः देय् दबू तोखा नगर समितिको पहलमा तोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई ध्यानाकर्षण तथा भाषा आयेगको सिफारिस पत्र प्रदान गरेको थियो । कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय सदस्य माइला डंगोल, स्वनिगः विशेष प्रदेशया प्रमुख सचिव गणेशमान श्रेष्ठ, काठमाण्डौ जिल्ला समितिका अध्यक्ष धनबहादुर महर्जन तिमिला, तोखा नगरपालिका समितिका अध्यक्ष हिराकाजि महर्जन र विभिन्न स्थानीय खलः पुचःका प्रतिनिधिहरुको पनि सहभागीता थियो । बुढानिलण्ठ नगरपालिका, महालक्ष्मी नगरपालिका, नागार्जुन नगरपालिकामा पनि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको अनुरोधमा सम्वन्धित पालिकामा रहेको नेवाः देय् दबू नगर समितिको नेतृत्वमा स्वनिगः प्रदेश, जिल्ला प्रदेशका नेताहरु समेत सहभागी भई ध्यानाकषर्ण पत्र एवं भाषा आयोगले गरेको सिफारिस पत्र समेत दिने काम भएको छ ।


भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिकामा पनि भाषा ऐन निर्माण र नीति कार्यक्रमको सवालमा ध्यानाकर्षण पत्र बुझाइसकेको कुरा उल्लेख गर्दै भाषा सम्वन्धि यो अभियान उपत्यकाका १८ वटा नै नगरपालिकामा हुने समेत नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिले बताएको छ ।
विभिन्न नगरपालिकामा नेवाः र तामाङहरुको उपस्थिति
काठमाण्डौ जिल्ला
१) शंखरापुर – नेवाः ६३५२ र तामाङ १०६६१
२) कागेश्वरी महनहरा – नेवाः ११३७८ र तामाङ १५६२३
३) गोकर्णेश्व – नेवाः १६१७२ र तामाङ ४३४६८
४) बुढानिलकण्ठ – नेवाः २१२६७ र तामाङ २०७२२
५) तोखा – नेवाः २१४६७ र तामाङ १२०८८
६) तार्केश्वर – नेवाः १८५२८ र तामाङ २४६५५
७) नागार्जुन – नेवाः १८९२१ र तामाङ १५०२१
८) काठमाण्डौ महानगर – नेवाः २१२०८९ र तामाङ ६६८२६
९) कीर्तिपुर – नेवाः २५३७४ र तामाङ ५१२१
१०) चन्दागीरी – नेवाः ३०५६९ र तामाङ १६६८४
११) दक्षिणकाली – नेवाः ६४८० र तामाङ ७२२९
भक्तपुर जिल्ला
१) चांगुनारायण – नेवाः २२७५९ र तामाङ ११४१७
२) भक्तपुर – नेवाः ५८५३८ र तामाङ ६०३२
३) मध्यपुर थिमि – नेवाः ३७८४२ र तामाङ ९२४०
४) सुर्यविनायक – नेवाः ३४३१३ र तामाङ १७६६८
ललितपुर जिल्ला
१) महालक्ष्मी – नेवाः ३०५४५ र तामाङ ९९५२
२) ललितपुर महानगर – नेवाः १०७९८७ र तामाङ २४७२१
३) गोदावरी – नेवाः २३८११ र तामाङ १७८५१

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article