21 C
Kirtipur
Monday, July 7, 2025

भूटानी शरणार्थी प्रकरण देशकै लागि दुर्भाग्य : बिजुक्छेँ

Must read

भक्तपुर, ७ जेठ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नक्कली भूटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका व्यक्तिहरुको संलग्नता हुनु देशकै लागि दुर्भाग्यको विषय भएको बताउनुभएको छ ।

भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एकवर्षे उपलब्धि कार्यक्रममा उहाँले भ्रष्टाचार देशद्रोही कदम भएको र भूटानी शरणार्थी प्रकरणमा दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभयो । 

राजनीतिक कार्यकर्ताहरुले कसैको दबाब र प्रभावमा काम गर्दा देश नै दुर्घटनाग्रस्त हुने बताउँदै अध्यक्ष बिजुक्छेँले नेपाल विदेशी शक्तिसामु झुके साम्राज्यवादीहरुको जालोमा फस्ने बताउनुभयो । विदेशका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिने व्यवस्था देशको हित विपरीत हुने बताउँदै उहाँले देश र जनताको इमान्दारीपूर्वक सेवा गर्नु नै राजनीतिको मुख्य उद्देश्य हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले भक्तपुर मौलिकता जोगाउन सफल संसारकै एक आकर्षक सहरका रुपमा अगाडि बढिरहेको बताउँदै उहाँले यहाँको शैक्षिक अभियान पनि विशिष्ट रहेको चर्चा गर्नुभयो ।

–––

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article