11 C
Kirtipur
Thursday, December 4, 2025

पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रममा तीन महिने तालिमले लेखन शैलीमा थप सहयोग

Must read

काठमाडौं। पत्रकार महिलाले आफुहरुको काम गर्ने शैलीमा निखारता आउन थालेको बताएका छन् । सञ्चारिका समूहले ललितपुरमा गरेको एक कार्यक्रममा पत्रकार महिलाले सो कुरा बताएका हुन् । 

पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रममा तीन महिने तालिम तथा मेन्टरिङले आफुहरुको लेखन शैलीमा थप सहयोग पुगेको उहाँहरुको भनाइ छ । भक्तपुरकी पत्रकार सिर्जना खड्काले तीन महिनाको अवधिमा आफूले लेख्ने शैलीमा समेत परिवर्तन आएको बताउनुभयो । 

अर्का पत्रकार भावना शर्माले तीन महिनाको अवधिमा आफू निखारिने मौका पाएको बताउनुभयो । वरिष्ठ पत्रकारलाई मेन्टरका रुपमा पाउँदा पत्रकारिताका लागि अपरिहार्य सुक्ष्म विषय पहिचान गर्न सकेको बताउनुभयो । 

कार्यक्रममा अमेरिकी दुतावासका प्रवक्ता एन्ना रिचे एलेनले पत्रकार महिलाको वृत्ति विकासका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताउनुभयो । पत्रकार पुरुषको तुलनामा पत्रकार महिलाको अवस्था दयनीय रहेकाले आफूहरुले स्तरोन्नतिका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

अमेरिकी दुतावासको सहयोगमा सञ्चारिका समूहले देशभरबाट छानिएका १० जना महिलालाई तालिम तथा मेन्टरिङ कार्यक्रमको आयोजना गरेको थियो । 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article