19 C
Kirtipur
Friday, September 19, 2025

बाजुरामा भएको घटनाका घाइतेहरुसंग मानव अधिकार मञ्चको भेटघाट

Must read


कोहलपुर । बाजुरामा भएको घटनाका घाइतेहरुलाई मानव अधिकार मञ्चले भेटघाट गरेको छ । मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको समयमा बुढिगंंगा नगरपालिका—१ म्तदान केन्द्र नजिकै करिब ३ बजे केही युवाहरुको हुलदंगा गर्ने खोज्दा भएको झडपमा परी घाइते भएका व्यक्तिहरुसंग मानव अधिकार मञ्चले कोहलपुरमा भेटघाट गरेको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका बुढिगंगा नगरपालिका वडा नं – १ का घाइते टेक बहादुर सिहं र साँफे नगरपालिका वडा नं–२ अछाम निवासि प्रहरी सहायक हवलदार कृष्ण कुवरसंग बिहीबार करिब १० बजे मञ्चका अधिकारीहरुसंग भेटघाट गरी घटनाको सत्यतथ्य जानकारी लिइएको मञ्चका अध्यक्ष राम बहादुर मल्लले जानकारी दिए ।
मल्लका अनुसार घटनामा परेका घाइतेहरुको हाल सम्म कुनैपनि पक्षबाट उपचार नगरी घाइते स्वयमले उपचार गरिरहेको प्रति मञ्चले घोर आपत्ति सहित सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउनेछ । ‘झडपमा परी घाइते भएका केही सर्वसाधारण मानिसलाई स्थानिय स्वास्थ्य केन्द्र र केहिलाई अछामको बयलपाटा अस्पताल साधारण उपचार गरिएका छन्,’ उनले भने, ‘केहि घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरद्धारा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएका घाइतेहरुलाई भेटेका छौं ।
सो दिनमा नै बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ७ को मतदान केन्द्रमा समेत घटना भएको जानकारी आएको छ । उक्त झडपमा सुरक्षाकर्मीको गोलि लागि सोहि एकजनाको घटना स्थलमा र अर्को एकजनाको दोहोरो झडपका क्रममा मृत्यु भएको बुझिन आएको छ त्यहाँ पनि केहि सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएको बुझिएको छ ।
घटनाहरुको जानकारीका आधारमा राष्ट्रिय मानव अधिकार मञ्च बाँकेले आम सर्वसाधारण मानिसहरुले सौहाद्र रुपमा आफ्नो अधिकारको प्रयोग गरी मतदान गर्न पाउनुपर्ने, नेपालको संविधान, २०७२ का अनुसार संविधानले दिएका नैसर्गिक अधिकारहरुको सहज रुपमा प्रयोग गर्न पाउनु पर्ने, आकस्मिक रुपमा हुने यस खालका घटनाहरुमा घाइतेहरुको उपचार राज्यले तत्काल गर्नुपर्ने, आम सर्वसाधारण जनताले शान्तीपूर्ण र भएरहित एवम सौहाद्र वातावरणमा मतदान गर्न पाउनु पर्ने, घटना भएको ठाउँमा निर्वाध रूपमा आम नागरिकले आफ्नो जिविकोपार्जन गर्न पाउनुपर्ने आधारको ध्यानाकर्षण गरेको छ ।
साथै सरकारले घटनामा अनाहकमा ज्यान गुमाउनु परेका व्यक्तिहरुका आफन्तहरुलाई तत्काल क्षतिपुर्ति प्रदान गर्दै घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई कारवाही गर्नुपर्ने निष्कर्ष निकालेको राष्ट्रिय मानव अधिकार मञ्च बाँकेका अध्यक्ष मल्ले बताए ।
सो घटनामा मञ्च बाँकेले मानव अधिकारको हनन् भएको महसुस गरि आउने दिनमा यस खालका गतिविधिहरु नगर्न नगराउन पनि सम्पूर्ण सरोकारवालाको ध्यान आकर्षण समेत गराएको छ । राष्ट्रिय मानव अधिकार मञ्च बाँकेका सचिव एकराज शर्मा, कोषाध्यक्ष शिवध्वज शाही र संस्थापक सदस्य बालकुमार शर्मा लगायतको उपस्थित रहेको थियो । बाँके जिल्लामा मञ्च गत कार्तिक १७ गते भएको थियो । सो मञ्चले कार्तिक २६ गतेदेखि मञ्चले आफ्नो गतिविधिलाई तिव्रता दिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article