19 C
Kirtipur
Friday, September 19, 2025

घरमा आगलागी हुँदा १० को मृत्यु, नौ घाइते

Must read

चीन । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरू नौ जना घाइते भएका छन् ।

एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो ।

उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो ।

यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो । यस आगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article