काठमाडौं ।
७६ औं संविधान दिवसको अवसरमा भारतले आज बुधबार आफ्नो देशको संविधान विभिन्न भाषामा अनुवाद गरिएको छ । भारतले आफ्नो ७६ औं वर्षगाँठको अवसरमा ९ भाषामा संविधान अनुवाद गरेको छ । भारतका राष्ट्रपति द्रौपति मुर्मुले विशेष समारोहलाई सम्बोधन गर्दै ९ भाषामा अनुवादित संविधान एकसाथ जारी गरेकी हुन् । उनका अनुसार नेपाली भाषासँगै मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलगू, उडिया र असमिया भाषामा अनुवादित प्रति जारी गरिएको हो । जसमा पञ्जाबी भाषाको संस्करण ५० वर्षपछि पहिलोपटक अनुवादित भई जारी छ भने बोडो र कमिरी भाषा भने पहिलो पटक भारतको संविधानमा समावेश गरिएको छ ।





