18 C
Kirtipur
Wednesday, October 15, 2025

क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमाले कुम्हाको म्यूजिक भिडियो “शान्ति स्वभावका” सार्वजनिक

Must read


– ललेन्द्र शाक्य
कीर्तिपुर । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल हस्तकला महासघं तथा हाम्रो पात्रोको सहकार्यमा क्रोधकला शिरोमणि फाउन्डेसनको आयोजनामा सोमबार सिद्धहस्त मूर्धन्य कलाकार क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमाले कुम्हाःको कला सिर्जना तथा व्यक्तित्व समेटिएको म्यूजिक भिडियो “शान्त स्वभावका” सार्वजनिक भएको छ ।
कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्समा भएको उक्त म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल उपस्थित हुनुभएको थियो ।
नेपाली परम्परागत धातु मूर्तिकलाको माध्यमबाट विश्वभर नेपाल राष्ट्रको पहिचान उजागर गर्न सफल एवं जीवनको सातौं दशकभन्दा बढी कला सिर्जनामा समर्पित हुँदै आइरहनु भएका ९३ वर्षीय मूर्ति निर्माणमा क्रियाशील सिद्धहस्त व्यक्तित्व कालु कुमाले कुम्हाःको कला सिर्जना एवं व्यक्तित्व समाहित म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
कार्यक्रममा प्राज्ञ कुम्हाःको साँहिलो छोरा राकेश अवालेले स्वागत मन्तव्य दिनुभएको उ्रक्त कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलले मन्तव्य राख्नुभएको थियो भने लोककवि राजभाई जकःमिले प्राज्ञ कालु कुमाले कुम्हाःको व्यक्तित्व समाहित कविता वाचन गर्नुभएको थियो ।
यस्तै, कार्यक्रममा सार्वजनिक भएको प्राज्ञ कुम्हाःको “शान्त स्वभावका” म्यूजिक भिडियोमाथि बरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो भने सार्वजनिक भएको म्यूजिक भिडियोको विषयमा लूजः सिंहले मन्तव्य राख्नुभएको थियो ।
म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन तथा काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन शाहको शुभकामना मन्तव्य भिडियोमार्फत् प्रस्तुत भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलले सम्मान पत्र हस्तान्तरण गर्नुभई प्राज्ञ कालु कुमाले कुम्हाःलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रम चर्चित गायिका एवं संचारकर्मी रिता महर्जनले संचालन गर्नुभएको थियो ।सार्वजनिक भएको “शान्त स्वभावका” गीत प्रेम महर्जनले रचना गर्नुभएको हो भने चर्चित गायक संगीतकार नरेन्द्र प्यासीले स्वर तथा संगीत दिनुभएको छ ।
यस्तै, गीतको संगीत संयोजन चर्चित संगीतकर्मी सुमन कपालीले गर्नुभएको छ भने लूजः इन्टरटेन्टमेन्टको ब्यानरमा लुजः सिंहको निर्देशन तथा छायांकन रहेको छ ।
म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरु अतिथिको रुपमा उपस्थित भएका थिए भने हल हाउसफूल हुनेगरी दर्शकहरुको उपस्थिति रहेका थिए ।

तस्विर: विक्रम खड्गी

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article