कीर्तिपुर – कीर्तिपुर नगरपालिकाको एक मात्र प्रहरी वृत्त कीर्तिपुरमा डिएसपी फेरिएका छन् ।
केही महिना अघि मात्र प्रहरी वृत्त कीर्तिपुरका लागि डिएसपीका रुपमा आएका राजबाबु महर्जन हटाएर महर्जनको ठाउँमा नयाँ डिएसपी पठाइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी वृत्त कीर्तिपुरका लागि नयाँ डिएसपीको रूपमा शिवकुमार बुढाथोकीलाई पठाइएको छ ।
यसअघि मंगलबार मात्रै ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डिएसपीको जिम्मेवारी हेरफेर भएको थियो । डिएसपी हेरफेरको कारणबारे प्रहरी प्रधान कार्यालयले केही बताएको छैन ।





