19 C
Kirtipur
Wednesday, November 19, 2025

आज शुक्रबार पांगामा तःननी दाफा खलःको देवी नाच प्रदर्शन हुने

Must read


कीर्तिपुर । आज असोज २४ गते शुक्रबार साँझको ५ः३० बजे पांगाको धुसि टोलमा देवी नाच प्रदर्शन गरिने भएको छ ।

कीर्तिपुर १० वडास्थित तःननी टोलको तःननी दाफाको उक्त देवी नाच पांगाको धुसि टोल दाफा खलःको सहकार्यमा प्रदर्शन हुने जानकारी आयोजक तःननी दाफा खलःले दिएको छ ।

प्रत्येक वर्ष तःननी दाफा खलःले विजयादशमीको अवसरका चालं (टिका)को दिन उक्त देवी नाच कीर्तिपुर परिक्रमा गर्नुपर्ने ऐतिहासिक परम्परा रही आएको छ ।

उक्त देवी नाच असोज २१ गते पूर्णिमाको दिन कीर्तिपुर १० वडास्थित जगतपाल महाविहार चिलञ्चोमा प्रदर्शन गरेको थियो भने आज शुक्रबार असोज २४ गते पांगाको धुसि दाफा खलःको आह्वानमा प्रदर्शन गर्न लागेको हो ।

उक्त देवी नाच सयौं वर्ष अगाडिदेखि विजयादशमीको अवसरमा चालं (टिका) को दिन सार्वजनिक गर्ने परम्परा रही आएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article