20 C
Kirtipur
Wednesday, December 3, 2025

संविधान संशोधन आफ्नो सरकारको कार्यक्षेत्र बाहिरको विषय : प्रधानमन्त्री कार्की

Must read

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनमा भाग लिनको लागि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबैलाई आह्वान गरेकी छिन् ।

बिहिबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला सबैलाई सक्रिय सहभागिताको लागि आह्वान गरेकी छिन् ।

निर्वाचन सम्पन्न हुन शान्तिपूर्ण वातावरण हुन जरुरी रहेको भन्दै सबै नेपालीलाई धैर्यतापूर्वक शान्ति कायम राख्न पनि प्रधानमन्त्री कार्कीले आग्रह गरेकी छिन् ।

देशबासीको नाममा सम्बोधनको क्रममा प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको सरकारलाई संविधान संशोधन र शासकीय स्वरुप फेर्ने अधिकार नभएको स्पष्ट पारिन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘‘६ महिने कार्यकाल रहेको सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था छैन । तैपनि हामी कतिसम्म गर्न सक्छौं त्यसको इमानदार प्रयास गर्नेछौँ । नेपालको संविधान र शासकीय स्वरूपबारे जेनजी पुस्ताले आन्दोलनको क्रममा उठाएको विषय वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय हो ।’

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरणको लागि वर्तमान सरकारले दृढतापूर्वक काम गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् भने सेवाग्राहीसँग अपमानजनक काम भए उजुरी दिन पनि आग्रह गरेकी छिन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article