काठमाडौं – बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नयाँ पार्टी खोल्ने भएका छन् । भ्रष्टाचारविरुद्ध ‘नेपालका लागि नेपाली’ अभियान चलाएका वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीले हालै राजनीतिक नयाँ पार्टी खोल्न लागेका हुन् ।
डा. भण्डारीले ‘नेपाल नागरिक पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन् । पार्टीमा ४१ देखि ५१ सदस्य केन्द्रीय समिति रहने जनाइएको छ ।
पार्टीमा अमृत खरेल, डा. दमनध्वज साउद, लेलिन विष्ट, डा. कमल किरण कटुवाल, डा. महेन्द्रजंग शाह, नुर मोहम्मद मिया, डा.सञ्जय खतिवडा लगायत रहने जानकारी दिएको छ ।





