काठमाडौं – देशको लागि आगामी दिन अत्यन्तै चूनौतिपूर्ण रहेको परराष्ट्रविद् तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले औंल्याएका छन् । उपाध्यायको अब देशमा थप द्वन्द्व र क्षति नहोस् भनेर सरकार, नागरिक समाज र सबैले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने मत रहेको छ ।
परराष्ट्रविद् एवं पूर्वमन्त्री उपाध्यायले देशकासामू अहिले गम्भीर चुनौति रहेको औंल्याउँदै नेपालका राजनीतिक दलका नेताहरुले आफ्नै नाति पुस्ताको भावनालाई समयमा बुझ्न नसकेको कारण अहिले यस्तो विस्फोट भएको तर्क राखेका छन् ।
उपाधयायले नेपालको राजनीतिमा अध्यात्मिक चेत नै नभएको आरोप लगाएको छ भने दलहरु गम्भीर नभए देशले अर्को संकट व्यहोर्नुपर्ने अवस्था आउनसक्ने भन्दै त्यस्तो नहोस् भनेर कामना पनि गरेका छन् ।
जेन–जी आन्दोलनको क्रममा दमन गर्न आदेश नदिएको र त्यहाँ प्रयोग भएको हतियार नेपाल प्रहरीको होइन भनेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर पनि उपाध्यायले आश्चर्य व्यक्त गरेका छन् ।





