काठमाडौं – सबै कमिटी भंग गरेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संयोजक बनाएर विशेष महाधिवेशनमा जाने तयारी रहेको नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले बताएका छन् । नेता पौडेलले आगामी मंसिरमा पार्टीको विशेष महाधिवेशन हुने बताए । उनले अब प्रचण्ड अध्यक्षको प्रतिस्पर्धी नहुने दाबी समेत गरेका छन् ।
‘अब ‘मैले धेरै लामो समयसम्म जिम्मा लिन्न’ भनेर पुष्पकमल दाहाल प्रचण्डले आफैंले बारम्बार भनिरहेको पनि नेता पौडेलले बताएका छन् भने सो कुरा प्रचण्डले हिजो पनि दोहो¥याएको नेता पौडेलको भनाइ रहेको छ । अहिले विधि प्रक्रिया नपु¥याइकन छोड्दा पार्टी विघटनतिर जाने भएकाले प्रचण्डले विशेष महाधिवेशन चाहेको नेता पौडेलको भनाइ रहेको छ । प्रचण्डले नेतृत्वमा बसिरहन जोड गरेको भन्ने कुरा सही नरहेको उनको भनाइ छ ।
नेता पौडेलले भनेका छन्, ‘निकास दिन चाहनुहुन्छ । निकास दिनको निम्ति समय, परिस्थिति, अवस्था र प्रक्रिया पनि पूरा गर्नुपर्यो । त्यही कुरामा हामी अगाडि बढ्छौं । राजनीतिक नेतृत्व र अभिभावकीय भूमिकामा रहने कुरा त छ । लिडरसीलाई निकास दिने कुरामा प्रचण्डसितै सल्लाह गरेर यसको निकास दिने कुरामा हामी अगाडि बढ्छौं । हाम्रो पार्टीबाट यो अध्यायको सुरुवात भएको छ ।’
साथै, नेता पौडेलले अब पार्टी अध्यक्ष को भन्ने कुरा अहिले नै भन्न नसकिने बताए । ‘अब जनार्दन शर्मा अध्यक्ष बन्ने हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यो ठाउँमा पुगेको छैन अहिले । हामीले प्रचण्डलाई नै संयोजक बनाएर कमिटी सबै भंग गरेर महाधिवेशनमा जाने भनेका छौं । महाधिवेशनलाई कसलाई चुन्छ भन्ने भन्न सकिँदैन ।
नेता पौडेलले भनेका छन्, ‘महाधिवेशनले प्रचण्डलाई पनि अध्यक्ष चुन्न सक्छ ?’ भन्ने जिज्ञासामा नेता पौडेलले प्रचण्डले अब आफू अध्यक्षको प्रतिस्पर्धी नरहेको बताइसकेको बताए । ‘अहिलेको भनाइ अनुसार प्रचण्ड आफैं अध्यक्षको निम्ति प्रतिस्पर्धी भएर आउँछु भन्नु भएको छैन ।’





