19 C
Kirtipur
Friday, September 19, 2025

बरिष्ठ इन्जीनियर राजदास श्रेष्ठको आत्मकथा “सक्वका राजदास” पुस्तक सार्वजनिक

Must read


दिवंगत बरिष्ठ इन्जीनियर राजदास श्रेष्ठको आत्मकथा “सक्वका राजदास” पुस्तक गत शुक्रबार एक समारोह गरी सार्वजनिक गरेको छ ।
पत्रकार समाज नेपालको आयोजनामा भएको उक्त आत्मकथा “सक्वका राजदास” पुस्तकको सार्वजनिकीकरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित)ले समाजवादी साहित्यको निरन्तर अध्ययनले मात्र देश र जनताको सेवा हुने बताउनु भयो ।
समारोहमा नेमकिपा अध्यक्ष विजुक्छेले देशको साँस्कृतिकस्तर माथि उकास्न साहित्यको भूमिका हुने बताउँदै स्व. राजदास श्रेष्ठको आत्मकथाबाट रुसी जनताको सामाजिक, आर्थिक, राजनीतिक एवम् सांस्कृतिक स्तरबारे स्पष्ट भएको बताउनुभयो ।
मानिसलाई एक्लो भएपछि विभिन्न कुरा खेल्ने भएकाले त्यसबाट बच्न संगठनको आवश्यकता रहेको विजुक्छेको भनाइ रहेको छ । उहाँले जो व्यक्तिले जसको किताब पढ्छ, त्यसको प्रभाव पर्ने भएकोले सोभियत रुसमा भएका विभिन्न व्यक्तित्वहरुको साहित्यबारे अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । देशका बौद्धिक व्यक्तित्वहरुलाई प्रगति गर्न सरकारले कुनै स्थान नदिएको स्व. राजदासको अकल्पनीय घटनाबाट स्पष्ट भएको उहाँको ठहर छ ।
कार्यक्रममा मित्रकुञ्ज नेपालका सचिव इन्जीनियर एवम् लेखक रामविन्दु श्रेष्ठले स्व. राजदास श्रेष्ठका आत्मकथा “सक्वका राजदास” पुस्तक बारे समीक्षा गर्दै उहाँ अन्तरराष्ट्रिय विचार अवलम्बन भएको बताउनुभयो ।
स्व. राजदास श्रेष्ठले नेपालमा चुनढुंगाबाट सिटामोल र श्रृंगारका सामान बनाउन सक्नेतर सरकारलेभारतलाई सस्तो मूल्यमा बेचिरहेको बरोबर जानकारी दिने गरेकोजनकवि एवम् नेपाल भाषा साहित्य तःमुँज्याका सल्लाहकार चन्द्र बहादुर उलकले बताउनुहुन्छ ।
स्व राजदास श्रेष्ठ देशभक्ती, जातीय स्वाभिमानी, वैचारिक आस्थामा तत्पर र माक्र्सवादी दृष्टिकोणबाट प्रभावित व्यक्ति भएको उलकको भनाइ रहेको छ ।
यस्तै, कार्यक्रममा स्रस्ता समाज नेपालका अध्यक्ष एवम् भक्तपुर मासिक पत्रिकाका सम्पादक लक्ष्मणराज जोशीले स्व. राजदास श्रेष्ठ विज्ञ व्यक्ति भएर पनि सोझो भएकै कारण विचौलिया, ठग र जाली फटाहाहरुले फसाएको बताउनुभयो । पुस्तकको समीक्षा गर्दै उहाँले वैज्ञानिक, इन्जीनियर, प्राविधिक र साहित्यकारको रुपमा परिचित स्व. राजदास श्रेष्ठलाई मूर्खहरुको सरकारले चिन्न नसकेको औंल्याउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि एवम् लेखक योगेन्द्रमान विजुक्छेले लोभीपापी र स्वार्थ समाजप्रति देखिएको वितृष्णाले स्व. राजदास श्रेष्ठको अकल्पनीय क्षति भएको बताउनुभयो । राजनीतिक व्यक्तित्व बन्नका लागि साहित्यिक चेतना आवश्यक भएको बताउँदै उहाँले साहित्यकारहरु अरुको दुःखसँग घुलमिल हुनुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुस्तकको खण्ड १ को “जीवनयात्रा”का विषयमा सुरेश परियारले, खण्ड २ को “त्यो रेलयात्रा”बारे सुशिला कर्माचार्यले खण्ड ३ को “कला, साहित्य र राजनीति” विषयमा उद्धव सुजखुले र खण्ड ४ को “नेपाली प्रकृतिमा हेलिँदा”का विषयमा रजनी जोशीले परिचर्चा गरेका थिए ।
प्रथम संस्करणका रुपमा प्रकाशित ३ सय पृष्ठको उक्त पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ निर्धारण गरेको छ भने आत्मकथा “सक्वका राजदास” पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रकाश थुसाले पनि बोल्नुभएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article