26 C
Kirtipur
Wednesday, July 9, 2025

असार १९ देखि कीर्तिपुर नपामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता हुने

Must read


कीर्तिपुर नगरपालिकाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।
असार १७ गते सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालद्वारा हस्ताक्षरित उक्त सूचनामा कीर्तिपुर नगरपालिकाको कार्यालय्मा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम असार १९ गते बुधबारदेखि संचालन हुने जानकारीका साथ उक्त परिचयपत्रको लागि दर्ता गर्न बाँकी कीर्तिपुरका नगरबासीहरुलाई विवरण दर्ता गर्न आह्वान गरिएको छ ।
सार्वजनिक भएको सूचनामा भनिएको छ, ‘यस कीर्तिपुर नगरपालिकाको कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम मिति २०८१ असार १९ गतेदेखि संचालन हुने भएकोले विवरण दर्ता गर्न बाँकी नगरबासीहरुले अनलाईन फाराम भरी आफ्नो विवरण दर्ता गराउनु हुन यो सूचना प्रकाशन गरिएको छ ।’
सार्वजनिक भएको सूचनामा राष्ट्रिय परिचयपत्र विवरण दर्ताको लागि कीर्तिपुर नगरपालिका वडा नं. ६ देखि १० सम्म असार १९ र २० गते तोकिएको छ भने ज्येष्ठ नागरिकलाई प्राथमिकता भनी उल्लेख गरिएको छ ।
यस्तै, वडा नं. १ देखि ५ सम्म असार २१ र २३ गते तोकिएको छ भने ज्येष्ठ नागरिकलाई प्राथमिकता भनी उल्लेख गरिएको छ ।
सार्वजनिक भएको सूचनामा २०८१ असार २४ गतेदेखि सबै नगरबासीहरुका लागि भनी उल्लेख गरिएको भने सूचनामा विवरण दर्ताका लागि दैनिक ५० वटा टोकन वितरण हुने जानकारी पनि दिइएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article