काठमाडौं – एरेष्ट केपी ओली, एरेष्ट रमेश लेखक एण्ड एरेष्ट मर्डरर्स भन्दै हामी नेपालीका संयोजक सुदन गुरुङले ट्रेण्ड सुरु गरेका छन् । सुदन गुरुङले राष्ट्रको लागि केही गर्न वा मर्न भन्दै यो एरेष्ट केपी ओली, एरेष्ट रमेश लेखक एण्ड एरेष्ट मर्डरर्स अभियान सुरु गरेका छन् ।
जेन–जी आन्दोलनको क्रममा दमन गर्दा सरकारको नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओली थिए भने गृह मन्त्रालयको कमाण्ड कांग्रेस नेता रमेश लेखकले सम्हालेका थिए । भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिनको लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाईएको छ ।
जाँचबुझ आयोगले केपी ओली, रमेश लेखकसहित पाँच जनाको राहदानीसमेत रोक्का गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका छाड्न समेत प्रशासनको अनुमति लिन भनिएको कुरा बाहिरिएको छ ।
सुदन गुरुङले सार्वजनिक गरेको एरेष्ट क्याम्पेनमा तत्काल उनीहरुलाई पक्राउ गर्न भनिएको छ । अन्यथा राष्ट्रले नै एक्सन लिनेछ भनेर चेतावनी दिएका छन् ।





