20 C
Kirtipur
Wednesday, December 3, 2025

प्रधानमन्त्री कार्कीद्वारा डा. महावीर पुनलाई मन्त्री बन्न अफर

Must read


काठमाडौं – डा. महावीर पुनलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्न प्रस्ताव गरेकी छिन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की विभिन्न व्यक्तिहरुसँग छलफलमा छिन् । यसैक्रममा प्रधानमन्त्री कार्कीले डा. महावीर पुन र केही युवा पत्रकारहरुसँग पनि छलफल गरेकी छिन् । छलफलका क्रममा कार्कीले महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले बतायो । तर, पुनले भने स्पष्ट जवाफ दिएका छैनन् ।

जेनजी युवा आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम चुनावी सरकारमा हाल तीन जना मात्र मन्त्री छन् ।

भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानून मन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरेकी छन् ।

वैज्ञानिक तथा सामाजिक अभियन्ताका रुपमा चिनिएका डा. महावीर पुनलाई पनि सरकारमा समेट्नुपर्ने आवाज जेनजी युवा पुस्ताबाट उठिरहेको छ । पुनले नेपालमा पहिलोपटक ताररहित इन्टरनेट सेवा सञ्चालन गरेका थिए । यही उपलब्धिमार्फत् उनले रोमन म्यागासेसे पुरस्कारसमेत पाएका थिए ।

डा. पुन हाल राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक छन् । सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले सन् २०१२ मा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका थिए । वर्षौंसम्म बन्द अवस्थामा रहेको कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रमार्फत् उनले चलाइरहेका छन् ।

महावीर पुनले हालै आफ्नो किताब बिक्रीमार्फत् कारखाना चलाउन रकम संकलन गरेका थिए । मन्त्री अफरबारे डा. महावीर पुनले स्पष्ट जवाफ दिएका छैनन् । मन्त्री अफरबारे डा. महावीर पुनले भनेका छन्, ‘यो अहिले बोल्ने कुरा होइन ।’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article