21.9 C
Kirtipur
Friday, September 19, 2025

तपाईंहरूको सपना म पूरा गर्नेछु : प्रतिनिधि सभा सदस्य निर्वाचित सोविता गौतम

Must read

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य निर्वाचित सोविता गौतमले जनताले जित नभएर जिम्मेवारी सुम्पिएको बताएकी छन्।

बुधबार दिउँसो मतदातालाई धन्यवाद दिँदै उनले काठमाडौं क्षेत्र नम्बर २ ले फेरि इतिहास रचेको जनाइन्।

‘हिजो उम्मेदवारी दिँदा मसँग मेरो परिवारको मात्रै साथ थियो। आज मेरो परिवारमा काठमाडौं- २ का मतदाता पनि जोडिनुभएको छ। मलाई तपाईंहरूले जित होइन जिम्मेवारी दिनुभएको छ। तपाईंहरूको सपना म पूरा गर्नेछु,’ उनले भनिन्।

काठमाडौं- २ ले यसपटक पनि इतिहास कायम गरेको उनको भनाइ छ।

‘यो क्षेत्रबाट निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभयो। माधवकुमार नेपाल प्रधानमन्त्री हुनुभयो। यसपटक सबैभन्दा कान्छो र महिला उम्मेदवार चयन गरेर इतिहास कायम गरेको छ,’ उनले भनिन्। 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article