काठमाडौं । सुरज वार्जत्य निर्देशित बलिउड फिल्म ‘उचाइ’को वितरण यशराज फिल्म्सले गर्ने भएको छ ।
बलिउड हंगामाका अनुसार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जाङ्पा र परिणिती चोपडाको प्रमुख भूमिका रहेको फिल्मलाई यशराजले भारत र विश्वभर वितरण गर्ने भएको हो । यद्यपि भारतका केही राज्यमा भने फिल्मलाई यशराजले वितरण गर्नेछैन ।
यशराजले यसअघि मलाङ, जय मम्मी, छोटा भीम, कुङ फु धमाका, हनुमान भर्सेस महिरावना, पिकु र ह्याप्पी न्यु ईयरजस्ता फिल्मको अन्तर्राष्ट्रिय वितरण गरिसकेको छ ।
बुढ्यौली मित्रताको कथा प्रस्तुत गर्ने फिल्म उचाइ आगामी नोभेम्बर ११ मा विश्वव्यापी रुपमा रिलिज हुँदैछ । फिल्म नेपालका हिमालयमा पनि छायांकन गरिएको छ ।