काठमाडौं ।
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चेतावनी दिएका छन् । मन्त्री पुनले पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको जानकारी दिएका छन् । मन्त्री पुन भन्छन्, ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ ।’ मन्त्री पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन भइरहेको पनि बताएका छन् ।





