काठमाडौं ।
गुण एअरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले गिरफ्तार गरेको छ । बैकिंङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा शाक्यलाई पक्राउ गरिएको जनाइएको छ । गुण एयरलाइन्सका संचालक राजेन्द्र शाक्य पक्राउ भएको सीआईबीचका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले पुष्टि गरेका हुन् । शाक्यले प्रभु बैंकलाई हानी नोक्सानी पु¥याएको उल्लेख गरिएको छ । शाक्यलाई उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर आज बुधबार ललितपुर जावलाखेल भनिमण्डलबाट गिरफ्तार गरिएको हो ।





