काठमाडौं ।
सोमबार अन्तरिम सरकारको मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न २७ वटा निर्णय सार्वजनिक गरिएको छ । मन्त्रिपरिषदको पहिलो निर्णयमा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा भएका व्यक्तिका परिवार (आमा, बुवा, श्रीमान÷श्रीमती, अविवाहित छोरा र अविवाहिता छोरी) लाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने कुरा उल्लेख गरिएको छ । र, प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रुपमा मनाउने पनि निर्णय यसमा समेटिएको छ । यही क्रममा, दोस्रो बुँदामा समेटिएको निर्णय राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने कुरा उल्लेख गरिएको छ । यस्तै, अर्थ मन्त्रालयका सचिव (राजश्व) भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरिएको छ ।





