काठमाडौं ।
चुनावको समय नगद कारोवारमा कडाई गरेको छ । अब ५ लाखभन्दा माथिको कारोवार अनिवार्य बैंकमार्फत् गर्नुपर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एकपटकमा रु. पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोवार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत् गर्नुपर्ने निर्णय गरेको हो । आगामी माघ १ गतेदेखि यो व्यवस्था लागु हुनेछ । चुनाव नजिकिदै गर्दा सरकारले नगदको कारोबारमा कडाई गर्दै अब ५ लाखभन्दा माथिको कारोबार अनिवार्य बैंकमार्फत् गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । यस संगै ५ लाखभन्दा माथिको कारोबार अनिवार्य बैंक (चेक, मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग जस्ता माध्यम) मार्फत गर्नुपर्ने छ ।





