20 C
Kirtipur
Wednesday, December 3, 2025

कीर्तिपुर नगरमा न्हयगां जात्राको अवसरमा आइतबार सार्वजनिक बिदा

Must read


कीर्तिपुर नगरका साथ दक्षिण–पश्चिम भेगको विभिन्न स्थानमा हुने न्हयगां (सातगाउँले) जात्राको अवसरमा कीर्तिपुर नगरमा आउँदो ने.सं. ११४६ थिंलाथ्व दसमी मंसीर १४ गते आइतबार स्थानीय सार्वजनिक बिदा दिएको छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टद्वारा हस्ताक्षरित सार्वजनिक भएको कीर्तिपुर नगरपालिकाको स्थानीय विदा सम्बन्धी सूचनामा मंसीर १४ गते आइतबार सार्वजनिक विदा दिने घोषणा गरिएको हो ।

सूचनामा भनिएको छ, “२०८२ मंसीर ८ गते बसेको कीर्तिपुर नगरपालिकाको नगर कार्यपालिकाको ५६ औं बैठकमा निर्णय अनुसार ऐतिहासिक इन्द्रायणी जात्रा न्हयगां जात्राको अवसरमा २०८२ मंसीर १४ गते आइतबारका दिन कीर्तिपुर नगरपालिका अन्तर्गतका सरकारी कार्यालय एवं शैक्षिक संस्थामा स्थानीय विदा दिने निर्णय भएकोले सम्बन्धित सरोकारवालाहरुमा जानकारीका निम्ति यो सूचना प्रकाशन गरिएको छ ।”

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article