20 C
Kirtipur
Wednesday, December 3, 2025

महेश बस्नेत साइबर ब्युरोमा : बयान सुरु

Must read

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत हाजिर भएका छन् ।

महेश बस्नेत बुधबार बिहान साइबर ब्युरो पुगेका थिए । बस्नेतसँग बयान लिइएको साइबर ब्युरो स्रोतले जानकारी दिएका छन् ।

शोभा पाठकले महेश बस्नेतविरुद्ध उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो निर्देशन अनुसार साइबर ब्युरोले महेश बस्नेतलाई बोलाएको थियो । त्यसैले उनी बयानका लागि बुधबार बिहान ब्युरो पुगेका हुन् । महेश बस्नेतको बयानको काम भइरहेको स्रोतले जनाएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article