16 C
Kirtipur
Wednesday, December 3, 2025

आगामी निर्वाचनमा जेन–जी युवा पुस्ताले नयाँ दल खोलेर भाग लिने

Must read

काठमाडौं – आगामी निर्वाचनमा जेन–जी युवा पुस्ताले नयाँ दल खोलेर भाग लिने हामी नेपालका संयोजक सुदन गुरुङले बताएका छन् । गुरुङले आगामी निर्वाचनमा जेन–जीहरुको नयाँ राजनीतिक दल जन्मिने बताएका हुन् । उनले आफूहरुको चाहना सुशासन भए पनि जबर्जस्ती राजनीतिमा तान्ने काम भएको बताएका छन् ।

सुदन गुरुङं धाःगु दु, ‘हाम्रो आन्दोलन भ्रष्टाचारको विरुद्धमा थियो । तर, हामीलाई अहिले राजनीतिक दलहरुले कस्तोगरी तानिरहेका छन् ? जबर्जस्ती राजनीतिमा घुसाइरहेका छन् । हाम्रो चाहना थिएन राजनीतिमा छिर्ने । हाम्रो चाहना सुशासन होस्, नयाँ नेपाल बनोस्, गरिखाना पाउँ भन्ने मात्रै त उद्देश्य थियो । अब तान्छ नै भने जाऔं न त ? हामी सबै जना सक्षम छौं । अब लड्ने नै हो भने लडौं । अब नयाँ राजनीतिक दल जन्मिन्छ ।’

जेन–जी पुस्ताको नेतृत्वमा खुल्ने नयाँ राजनीतिक दलको नामबारे भने आफूलाई थाहा नभएको गुरुङले बताए । सबै जनाको राय, सुझाव लिएर नाम फाइनल हुने पनि उनले बताए ।
गुरुङले भने, ‘अगामी निर्वाचनमा जेन–जी पुस्ताले नयाँ राजनीतिक दल खोलेर भाग लिन्छ । देखाउनुपर्छ हामीले कस्तो हिसाबमा नयाँ नेपाल बनाउन सक्छौं भनेर । हामी कतिको सक्षम छौं भनेर हामीले त्यतिखेर देखाउन सक्छौं ।’

साथै, सुदन गुरुङले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले राजनीतिक दलको दबदवाहको बीचमा स्वतन्त्र उठेर नयाँ आशा जगाएको बताए । बालेनले कोरेको बाटोमा अहिले आफूहरु पनि हिँडिरहेको उनले बताए । उनले बालेनसँग आफ्नो व्यक्तिगत चिनजान र भेटघाट भने नरहेको बताए । अब आफूहरुको जिम्मेवारी कुलमान घिसिङ, बालेन शाह, हर्क साम्पाङजस्ता मान्छेहरुलाई दल खोलेर एउटै ठाउँमा ल्याउनका लागि हुने उनले बताए ।

सुदन गुरुङले भने, ‘उहाँ (बालेन) लाई पनि समेट्नु पर्यो । कुलमान घिसिङले पनि राजनीतिक दल खोल्छु भनिरहनु भएको छ । उहाँलाई पनि समेट्नु पर्यो । जब लक्ष्य एउटै छ, बाटो किन भिन्न बनाउने ? बाटो त एउटै बनाउँ न । यसमा पनि उहाँहरु सबै जना प्रधानमन्त्री नै बन्न चाहनुहुन्छ भने चाहिँ आई एम रेडी टु लिभ । तर, हाम्रो जिम्मेवारी चाहिँ उहाँहरुलाई एउटै ठाउँमा ल्याउने हुन्छ । हामीलाई नयाँ नेपालको लागि सबै जनालाई समेट्नु छ नि त । मलाई प्रधानमन्त्री नै बन्नुपर्छ भन्ने छैन । मेरो व्यक्तिगत उद्देश्य त देश परिवर्तन हुनुपर्छ भन्ने छ, ।’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article