18.4 C
Kirtipur
Saturday, September 20, 2025

इन्डोनेसियामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३ सय २१ पुग्यो

Must read

काठमाडौं । इन्डोनेसियाको जाभा टापुमा अघिल्लो हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३ सय २१ पुगेको छ।

उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ। जाभाको सिआन्जुर सहरमा गत सोमबार ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। मृत्यु हुने अधिकांश भवनहरू भत्किँदा र आसपासमा गएको पहिरोमा परेका थिए।

प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले पछिल्लो समय तीन शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३२१ पुगेको हो। भुकम्पमा फसेका ११ जना अझै बेपत्ता छन्। उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने बताएका छन्। भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको र ७३ हजारभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ।

प्रकोप एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले अर्को हप्ता आपतकालीन उद्धारको अवधि १४ दिनभन्दा बढी विस्तार गर्ने कि नगर्ने भनेर निर्णय लिइने बताए। सोमबारको भूकम्प सन् २०१८ को भूकम्पपछि द्वीपसमूह राष्ट्रमा सबैभन्दा घातक रहेको जनाइएको छ। सुनामीले सुलावेसी टापुमा चार हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article