काठमाडौं । मानिस र अक्टोपस दुवैको पुर्खा एउटै किराजस्तो जन्तु भएको अध्ययनबाट खुलेको छ । यो किरा ५१ करोड ८० लाख वर्ष अघि थियो । आठ हातखुट्टा भएको अक्टोपसलाई अति बुद्धिमान जन्तुको रूपमा मानिन्छ ।
त्यो किराजस्तो जन्तुलाई फ्यासिभेरमिस युन्नानिकस भनिन्छ ।
बर्लिनको म्याकस डेलब्रुक सेन्टरको नयाँ अध्ययनले अक्टोपसको मस्तिष्क र मानिसको मस्तिष्क जस्तो रहेको पता लगाएका छन् । पानीमा हुने जन्तुको विविध जीन नियामकहरू हुन्छन् । यसलाई माइक्रोआरएनए भनिन्छ ।यो जन्तुको हाडजस्तो क्षेत्रको तन्तुमा हुन्छ ।
माइक्रोआरएनए मस्तिष्कको जटिल प्रक्रियाको विकास गरिरहन आधारभूति भूमिका खेल्छ ।
यो अध्ययनका लेखक प्रोफेसर निकोलाउस राजेव्स्कीले यो मानिसलाई अक्टोपससँग जोड्छ ।
अक्टोपसलाई चलाख जन्तुको रूपमा चिनिन्छ । उनीहरूले औजारको उपयोग गर्न सक्छन् , नरिवलको खप्परलाई सुरक्षाका लागि बोक्न सक्छन् र आफ्ना गुफालाई सुरक्षा दिन चट्टानको उपयोग गर्ने जस्ता काम गर्छन् ।
अक्टोपसका बुद्धिबारे लामो समयदेखि अध्ययन गरिआएका छन् ।
उनीहरूले गरेको अध्ययनमा मृत अक्टोपसहरूबाट १८ फरक तन्तुका नमूना लिएका थिए ।उनीहरूले ४२वटा माइक्रोआरएनए परिवारका विशेषगरी मस्तिष्कमा हुने जीनको पहिचान गरे । अध्ययनकर्ताहरूले अक्टोपसका आँखाका जटिल क्यामरा मानिसको आँखामा भएजस्तो रहेको पाइएको पता लगाएका छन् ।