11 C
Kirtipur
Friday, February 7, 2025

रूस–युक्रेन युद्धमा मारिएका कीर्तिपुर निवासी सुनारको कुशको शव बनाएर अन्त्येष्टि

Must read

रुस–युक्रेन युद्धको क्रममा ज्यान गुमाएका ओखलढुंगा स्थायी वतन भइ कीर्तिपुर नगरपालिका ४ मुलखुसीमा अस्थायी बसोबास गरिरहेका विनोद बहादुर सुनारको कुशको शव बनाइ परिवारले अन्त्येष्टि गरेको छ। मृत्यु भएको खबर पाएको तीन दिनपछि सोमबार कुशको शव बनाएर परिवारले पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको हो।
युक्रेनमा जारी युद्धमा रुसको पक्षबाट लड्ने क्रममा मारिए पनि तत्काल शव पाउने आस नदेखेपछि परिवारले कुशको शव बनाइ फोटो राखेर सुनारको पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका थिए। यसै क्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल मृतकको निवास पुगी परिवारका सदस्य र आफन्तहरूप्रति समबेदना प्रकट गर्नु भएको थियो ।
२०८० असोज १७ गते रूस गएका उनी ७५ दिनदेखि परिवारको सम्पर्कमा थिएनन्। तीन दिन अघि साथीहरूले मृत्यु भएको भनेपछि उनका परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको रूसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा अभियानकी संयोजनक कृतृ भण्डारीले जानकारी दिए।
मृतक बिनोद बहादुर सुनारको बारे संक्षिप्त जानकारी
बर्ष ३६, रुसमा गएको मिति अशोज १७, नोमेम्वर १६ मा रुसि राहदानी लिएको, रुसि नागरिक भएपछि करास सम्झौता रिनु गरेको
स्थायी ठेनागा मलङ ७ पात्ले, हाल अस्थायी वसोवास कीर्तिपुर नगरपालिका वडा नं. ४ मुलखुसी
परिवारको माईलो छोरा, २५ बर्ष पहिले एक छोरा र एक छोरी ओखलढुङ्गामै पहिरोले पुरेर मृत्यु भए पश्चात परिवारले गाउँ छोडि काठमाडौ आउनु भएको ,अन्तरजातीय प्रेम बिबाह भएकोश्रीमतीश्रीजना बस्नेत, बर्ष ३४आमा नरमाया सुनुवार, बर्ष ६२ छोरो कृष्ण सुनार, बर्ष १४ का रहेका छ्न।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article